स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका २ स्थित राङ्बुसा जंगलमा तिनदेखी सल्केको आगो निभाउन सिम्रीक एयरको हेलिकप्टर परिचालन गरिएको छ । गौरीशंकर संरक्षण क्षेत्रमा तीन दिन अघिदेखि लागेको डढेलो फैलिँदै गएपछी निभाउन हेलिकप्टर परिचालन गरिएको हो ।
गत शुक्रबार साँझ हिम रिभर हाइड्रोपावर कम्पनीमाथिको भिरमा विद्युत् सर्ट भएर सल्किएको आगो जटिल भौगोलिक अवस्थाका कारण नियन्त्रणमा आउन नसकेको हो ।
आज बिहानदेखि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको भोटेकोशी गाँउपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । सिम्रीक एयरको एउटा हेलिकप्टरबाट भोटेकोसी नदिको पानी बोकेर आगलागी भएको जंगलमा खन्याइदै गरेको र एउटा हेलिकप्टरले काठमाडौंबाट इन्धन बोकिरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।
आगो फैलिँदै गएकाले २० घर थामि जातिको बसोबास रहेको राङ्बुसा बस्ती जोखिममा परेको छ । आगो झन्झन् फैलिदैं गएकाले बस्ती जोगाउन हेलिमार्फत् भोटेकोशीबाट पानी लगेर निभाउने प्रयास गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८