स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, २६ पुस ।
राष्ट्रिय भर्चुअल तेक्वान्aदोमा सिन्धुपाल्चोकका खेलाडीले ३ वटा पदक हात पारेका छन् ।
सैलुङ तेक्वान्दो डोजाङको आयोजना तथा सैलुङ गाउँपालिकाको मूख्य प्रायोजनमा पौष २४ र २५ गते आयोजित प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय खुल्ला पुम्से प्रतियोगितामा सिन्धुपाल्चोकले ३ पदक जितेको हो ।
सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै चौतारा सागाचोकगढी नगरपालिका– ५ हिराहरी तेक्वान्दो डोजाङका प्रशिक्षक तथा खेलाडी रमेश गुरुङले पुरुष ३१ देखि ४० वर्ष समूहमा कास्य पदक जित्न सफल भएका छन् । त्यस्तै सोहि डोजाङका खेलाडीद्वय प्रदिप तामाङले पुरुष १७ वर्ष समूहमा रजत पदक र सोहि उमेर समूहमा सुजल श्रेष्ठले कास्य पदक जित्न सफल भएका हुन् ।
२ सय भन्दा बढी खेलाडी सहभागि भएको दुई दिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश गएको थियो । मोस्ट पपुलर खेलाडीलाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागी सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पाँच अन्तराष्ट्रिय निर्णायक मिन न्यौपाने, नोर्बु लामा, अशोक खड्का, हिराबहादुर थापा मगर र विक्रम खड्गीले प्रतियोगिताको निर्णय गरेका थिए । अन्तराष्ट्रिय निर्णायक मिन न्यौपाने सिन्धुपाल्चोकका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।