स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची, ३ माघ ।
मेलम्ची अस्पताल प्रालि मेलम्चीको एम्बुलेन्स बिरामी घुमघाममासमेत प्रयाेग गरिने गरिएकाे पाईएकाे छ । अस्पतालमा एउटा मात्रै रहेकाे एम्बुलेन्स स्वास्थ्य सेवाका काममा बाहेक घुमफिर र रमाइलोका लागिसमेत प्रयाेग हुने गरेकाे पाईएकाे हाे ।
स्थानीयका अनुसार बा११ च ७३४९ नम्बरकाे एम्बुलेन्स अाज हेलम्बु गाउँपालिकामा विभिन्न स्थानमा घुमफिरका लागि प्रयाेग गरिएकाे थियाे । ५/६ जना सवार एम्बुलेन्स अाज पाल्चाेक मन्दिर पुगेकाे स्राेतले जानकारी दियाे । साे पश्चात् किउलमा रहेकाे भण्डारी रेन्बाे ट्राउट रिसाेर्टमा खाना नास्ता गर्दै एम्बुलेन्समा सवार व्यक्तिहरू फर्किएकाे किउलका स्थानीयले जानकारी दिए । रिसाेर्टमा उनीहरू करिब ३ घण्टा बसेका थिए ।
अस्पतालका प्रशासन ले घुमफिर का लागि एम्बुलेन्स प्रयाेग नगरिने गरेकाे दावी गर्याे । घुमफिर क्रमबारे जानकारी गराएपछि मन्दिर दर्शनका लागि अस्पतालका कर्मचारीहरू गएकाे भने स्विकार अस्पतालले गरेकाे छ ।
अाजै अस्पतालकाे भवनकाे फाेटाे खिच्न गएका पत्रकार दिपिन ढुंगानामाथि अस्पतालमा दुर्व्यवहार समेत गरिएकाे छ । ढुंगानाले खिचेका फाेटाे डिलिट गरेपछि मात्रै उनीहरूले छाडेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८