स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डौ, १२ माघ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को आईपीओ बाँडफाँड आगामी शुक्रबारसम्म हुनसक्ने संभावना बढेको छ । निश्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको एनआइबिएल एस क्यापिटलले आइपिओ भर्नेहरुको भेरीफिकेसनको काम सकिएमा यसै साता शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
यो कम्पनीको आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि आवेदन दिएका छन् । उनीहरुमध्ये न्युनतम १०कित्तादेखि ५० कित्तासम्म खरीदका लागि आवेदन दिएका सबैले सेयर पाउने भएका छन् । सो भन्दा माथीको सँख्याको लागि आवेदन दिनेले भने गोलाप्रथाको आधारमा थप शेयर पाउनेछन् ।
एनआइबिएल एस क्यापिटलमा भेरिफाई गर्ने क्रममा यस्तो आँकलन गरिएको हो । प्रारम्भिक रुपमा भइरहेको डेटा भेरिफाईको क्रममा करिब ५७ हजार आवेदन शंकास्पद देखिएको छ । यहीकारण निफ्राको आइपीओ बाँडफाँडमा समय लाग्ने देखिएको क्यापिटलले जनाएको छ ।
“दोहोरो आवेदनको लशंका गरिएका करिब ५७ हजार आवेदकहरुको विषयमा भेरिफाई गर्ने कामले गर्दा प्रिअलटमेन्ट केही ढिलो हुने अवस्था बनेको छ ।” क्यापिटलका एक कर्मचारीले भने—“धेरै ढिलोमा पनि हामी यो हप्ताभित्र प्रिअलटमेन्ट सकिसक्छौ ।”
बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता रु.१०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।