स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाँसखर्क, १८ माघ ।
चिसोले पीडित बनेका सिन्धुपाल्चोकको लिदी पहिरोका पीडितलाई जिल्ला कफि सहकारी संघले न्यानो सहयोग गरेको छ । ‘आफू बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ सहकारी संघ सिन्धुपाल्चोकले लिदी पहिरो पीडितहरुलाई सिरक वितरण गरेको हो ।
लिदी पहिरोबाट विस्थापीत १ सय ७४ परिवारलाई प्रतिपरिवार एक वटा सिरक सहयोग गरिएको हो । ग्रिन कप जापानको सहयोगमा संघले जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका सबै परिवारलाई करिब ६ लाख रुपैंया बराबरको फाईबरको सिरक वितरण गरेको हो । हिमाली भेगमा जाडो बढ्दै गएको अवस्थामा पीडितलाई न्यानो होस् भन्ने हेतुले सिरक वितरण गरिएको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष मण्डु थापाले बताइन् ।
जाडोमा रात गुजारीरहेका पीडितहरु न्यानो सिरक पाएपछि खुसी भएका छन् । ‘रात पर्दै गएपछि अचाक्कली जाडो हुन्छ’, पहिरो पीडित ७१ वर्षीया निजमाया दोङले भनिन् –“सिरक पाएपछि रात गुजार्न सजिलो होला भन्ने लागेको छ ।”
गत साउन ३० गते जुगल गाउँपालिका– २ लिदीमा झरेको पहिरोमा पुरिएरका ३७ जनाले ज्यान गुमाएका थिए भने २ जना अझै वेपत्ता छन् । सिरक वितरण कार्यक्रममा वडा अध्यक्ष प्रताप लामा, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनालगायतको उपस्थिति थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।