स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची , १८ माघ ।
नेकपाका नेता तथा पूर्ब पर्यटनमन्त्री योगेश भट्टराईले बैशाखमा कुनैपनि हालतमा चुनाब नहुने दाबी गर्दै केपि शर्मा ओलीले सत्ता लम्ब्याउन निर्बाचनको नाटक गरेको दाबी गरेका छन् । निर्बाचन आयोगका केहि अधिकारीसंग भएको अनौपचारिक छलफलमा निर्बाचन भएपनि मंसिरमा हुने तर बैशाखको निर्बाचन कुनै पनि हालतमा नहुने संकेत आफुले पाएको उनले बताए । खानेपानी मन्त्री मणी थापा माथी ईङगित गर्दै भट्टराईले बम्परमा पाएको पदले आफु कहाँ छु र के हो भन्ने समेत थाहा नभएकाले नेपाल सरकार र श्री ५ को सरकार समेत छुट्टाउन नसकेको व्यङ्ग्य गरे ।
प्रचण्ड माधब समुहको राष्टिय युवासंघ नेपाल पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीले आज तिपेनीमा गरेको युवा भेलालाई सम्बोधन गर्दै भट्टराईले उक्त दाबी गरेका हुन् ।
सम्बोधनका क्रममा भट्टराईले केपी ओलीले बम्परमा बाँडेको केन्द्रिय सदस्य निर्बाचन आयोगले नमानेपछि केपी ओली झन तनाबमा रहेको बताए । नेकपा अहिले सम्म नफुटेको भन्दै आधिकारीक रुपमा ४४१ सहित केन्द्रय कमिटी सहितको बहुमत आफुहरुसंगै रहेकाले नेकपाको आधिकारिकता आफुहरु भएको भट्टराईले दाबी गरे ।
कार्यक्रममा बोल्दै पूर्ब कानुन मन्त्री शेर बहादुर तामाङले देशलाई समृद्ध बनाउने अठोटका साथ जनताले दिएको मत र साथको कदर गर्दै अघि बढ्ने क्रममा २ जना पाईलटले उडाउनुपर्ने जहाज दुर्घटनामा पारेको आरोप लगाए । जसका कारण मुलुकले काँचुली फेर्न नपाएको उनको भनाई छ ।
कार्यक्रममा सिन्धुपाल्चोकको पाँचपोखरि थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले नेकपा भित्रको बिबादलाई लिएर बिपक्षले अफबाह फैलाउने काम गरेको भन्दै आपत्ती जनाए । उनले घरभित्रको झगडा अबश्य मिल्ने भन्दै कार्यकर्तालाई बिचलित नहुन आग्रह गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।