स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खाडीचौर, २० माघ ।
थुम्पाखरमा भएको बस दुर्घटनामा घाइतेको संख्या १९ पुगेको छ । दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालीङ यातायात को यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो ।
घाईते मध्ये बलेफी गाँउपालिका ७ का वर्ष ३७ का सिताराम थापाको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनको ढाडमा चोट लागेको सिन्धु सदावहार अस्पतालले जनाएको छ ।
बाँकी १८ जनाको भने खाडीचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । तिव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हो । चालक फरार रहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८