स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खाडीचौर, २० माघ ।
सिन्धुपाल्चोकको थुम्पाखरमा दोलखाको सिंगटीबाट काठमाण्डौ जान लागेको बा २ ख २७८९ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालीङ यातायात को यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो । लामोसाघु—जिरी सडकखण्डको ११ किलोमिटरमा पर्ने भिरकुना भन्ने स्थानमा सोे बस दुर्घटना भएको हो । बस तिब्र गतिमा भएको र सडकमा अर्को सवारी साधनलाई साइड दिने क्रममा दुर्घटना भएको दुर्घटनाका घाइते रोहित क्षेत्रीले बताए ।
दुर्घटनामा गम्भिर घाइते भएका सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाँउपालिका—६ का ३७ वर्षका सिताराम थापालाई शिर मेमोरीयल अस्प्ताल बनेपा रिफर गरिएको छ भने अर्का गम्भिर घाइते दोलखा जिल्ला कालिञ्चोक गाँउपालिका—४ का कुमार बस्नेतको विएण्डवि अस्पतालमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते १८ जनालाई पनि सिन्धु सदाबहार अस्पतालमा प्राथमिक उपचार गरी अन्यत्र रिफर गरिएको छ । उनीहरुमध्ये ३ जनालाई ह्याम्स हस्पिटल, काठमाण्डौ र बाँकीलाई शिर मेमोरियल अस्पताल, बनेपा पठाइएको अस्पताल स्रोतले जनाएको छ । एक जना घाईते रोहीत क्षेत्रीको भने सिन्धु सदावहार अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले बताए ।
घाईते हुनेमा १२ जना पुरुष, ८ जना महिला र १ जना बालक रहेका छन् । दोलखा जिल्ला विगु गाँउपालिका स्थायी बासीन्दा सबैभन्दा धेरै घाइते भएका छन् । सो गाँउपालिकाका ८ जना सहित १५ जना दोलखा जिल्लामा मात्रै रहेका छन् । यससँगै रामेछाप जिल्लाका ३, भक्तपुरका २ र सिन्धुपाल्चोकको १ जना घाइते भएका छन् । बसका चालक भुपेन्द्र थामी भने फरार रहेको प्रहरीले जनाएको छ । निजको खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।