स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महेन्द्रनगर, २३ माघ ।
विद्यालय गएकी किशोरी शव फेला परेपछि बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा बिहीबार साँझ १९ वर्षीया भागरथी भट्ट जंगलमा मृत भेटिएकी थिइन् ।
विद्यालय गएकी विद्यार्थीको शव फेला परेपछि विभिन्न ७ वटा विद्यार्थी संगठनहरुले कारबाहीको माग गरेका छन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत भट्टको शव लवलेक सामुदायिक वनमा भेटिएको थियो । प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार उनी बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी थिइन् ।
उनको बलात्ककारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । विद्यालय जान्छु भनेर निस्किएकी भट्ट बुधबारदेखि परिवारको सम्पर्कमा थिइनन् । उनको शव बिहीबार साँझ वनमा भेटिएको हो ।
प्रहरीले घट्नाबारे अनुसन्धान थालेको छ । गाउँबाट घटनास्थल पुग्न एक घण्टा हिँड्नुपर्छ । छात्राको शरीरभरि नीलडाम र घाउ छन् । कपडा पनि च्यातिएको छ । डिएसपी नारायण अधिकारी अनुसन्धानका लागि बिहीबार घटनास्थलमा पुगेका छन् ।
भट्टको हत्यामा सङ्लग्नको खोजी र हदैसम्मको कार्वाहिको लागि माग गर्दै शुक्रबार कञ्चनपुरमा स्वतन्त्र रुपमा श्रद्धाञ्जली तथा दवाब कार्यक्रम समेत आयोजना गरेको छ । मदन चोक, महेन्द्रनगरमा साँझ ४ बजेको लागि श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।