स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची, २९ माघ ।
जिल्लामा क्रियाशिल पत्रकारहरु दुर्गा आचार्य र देवराज सुवेदीले हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार पाउने भएका छन् । हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका क्रियाशिल दुई पत्रकारले पाउने भएका हुन् ।
सोमबारसम्पन्न संस्थाको कार्यसमिति बैठकले शिक्षा क्षेत्रमा कलम चलाउँदै आएको पत्रकार दुर्गा आचार्य र देवराज सुवेदीलााई पुरस्कार दिइने निर्णय गरेका संस्थाका सचिव सुदर्शन पाण्डेले बताए । आचार्य इमेज कम्पनीको अनलाईन इमेजखबरकी डेस्क एडिटर हुन् भने सुवेदी रासस र रेडियो मेलम्चीमा काम गर्दै आएका छन् ।
शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् । आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी टपरहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिए । अहिले संस्थाले दृष्टिविहिन, अपागं, दलित र आर्थिक अवस्था न्युन भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
फागुन १ गते इन्द्रेश्वरी मावि मेलम्चीको २७ औं वार्षिकोत्सवको अवसरमा पत्रकारलाई पुरस्कार र विद्यार्थीलाई छात्रवृत्ति दिइने अध्यक्ष पाण्डेले बताए । हुतराज अर्थचन्द्र जनहितकारी संस्था २०६८ मा स्थापना भएको हो । यसले जिल्लामा शैक्षिक, सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।