स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाह्रविसे, २९ माघ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका—४, फुल्पीङ्कट्टीमा निर्माण भइरहेको शिवश्री हाइड्रोपावरको उत्पादन एक साताभित्रै केन्द्रिय प्रशारण लाइनमा जोडीने भएको छ ।
आयोजनाको सम्पुर्ण काम सम्पन्न भइसकेकोले आगामी हप्ताभित्रै नियमीत प्रशारणमा जाने तयारीमा रहेको आयोजनाका अध्यक्ष बच्चु पौडेलले बताए । २२ दशमलब २ मेगावाट क्षमताको सो हाइड्रोपावरको सतप्रतिशत भौतीक प्रगती भइसकेको अध्यक्ष पौडेलले बताए ।
२०७५ सालको साउन महिनामा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको काम सम्पन्न हुन भने थप समय लागेको हो । “हामीले जुरे पहिरो देखि महाभुकप्प र भोटेकोशी बाढीको समेत सामना गर्नुप¥यो ।” अध्यक्ष पौडेलले भने —“जसको कारण हामीले समयमै निर्माण सामाग्री आयोजनास्थलमा पु¥याउन सकेनौं ।” प्राकृतीक विपत्तीले अरनीको राजमार्ग क्षतीग्रस्त हुँदा सामाग्री ढुवानीमा समस्या आएको पौडेलले बताए ।
त्यसबाहेक पनि सो आयोजनाले विभिन्न दुर्घटना भोग्यो । आयोजनाको सबै काम सम्पन्न गरेर परिक्षणको तयारी गरीरहेकै बेला २०७६ साल असार २१ गते राती मार्मीङ खोलामा बाढी आँउदा आयोजनाको मुहानस्थालमा ठुलो क्षती पुगेको थियो । सो बाढीका कारण आयोजनामा कार्यरत २ जना कर्मचारी समेत वेपत्ता भएका थिए भने दुइजना घाइते भएका थिए । घटनामा वेपत्ता भएका आयोजनाका एक जना इन्जिनियर र अर्का एक इलेक्ट्रिसियनको अवस्था अर्झ अज्ञात छ । त्यस्तै २०७५ चैत १० गते सोही आयोजनाको बाँधस्थलको कर्मचारी आवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना कर्मचारीले ज्यान गुमाएका थिए । जसको कारण पनि आयोजनाको निर्माण समय र लागत समेत लम्बीएको हो ।
आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।
अबको एक हप्ता भित्र आयोजनाले परिक्षण प्रसारण गर्नेछ । आयोजनाको आन्तरीक प्राविधिकबाट सम्पुर्ण परिक्षण सफल भइसकेको र नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिसहित अन्तीम परिक्षण गर्न लागेको हो । सो परिक्षण पनि सफल भएपछि आयोजनाको २२ दशमलज २ मेगावाट विजुली केन्द्रिय प्रशारण लाइनमा जोडीनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।