स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ल्होसारको अवसरमन शुभकामना दिएका छन् ।
सभामुख सापकोटाले तामाङ, शेर्पा, ह्योल्मो लगायतका नेपालका आदिवासी जनजातिहरुको मुख्य पर्व एवं नयाँ बर्ष, ‘२८५७ औं सोनाम ल्होछार’ र ‘२१४८ औं ग्याल्वो लोसार’को अवसरमा यी पर्व मनाउनु हुने सबैमा शुभकामना व्यक्त गरेका हुन् ।
“विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आ–आफ्नै संस्कृति, परम्परा र रितिरिवाज रहेका छन् । मौलिकता बोकेका चाड पर्वहरुले आफ्नै विशेषता र महत्व बोकेका छन् । यस्ता पर्वहरु विविधताभित्र देखिने मौलिकताका नमूना हुन् ।” सापकोटाले जारि गरेको शुभकामना सन्देशमा भनिएको छ- “बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसाँस्कृतिक देश नेपालमा यसरी मनाइने चाड पर्वले नेपालीबीचको आपसी सहिष्णुता, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र संबद्र्धन हामी सबैको साझा दायित्व हो ।”
सभामुख सापकोटाले शुभकामना दिदैं २८५७ औं सोनाम ल्होछार र २१४८ औं ग्याल्वो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८