स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, १ फागुन ।
हिराहरि तेक्वान्दो डोजाङ , चौताराले जुनियर तेक्वान्दो खेलाडिको ग्रेडिङ तथा खेलाडि सम्मान गरेको छ । डोजाङले खेलाडीको परिक्षा, खेलाडी सम्मान तथा प्रमाणपत्र बितरण सम्पन्न गरेको हो ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखी निलो-रातो पेटी सम्मको ग्रेडिङ लिईएको थियोे । ग्रेडिङमा सेतो पेटीका प्रकाश तामाङ डबल प्रमोसन सङै पहेलो- हरियो पेटीमा पुग्न सफल भएका छन् भने अन्य प्रशिक्षार्थी उतिर्ण भएका छन ।कोरियन कालोपेटिको प्रमाणपत्र र कालो पेटी दोस्रो डानको प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।
यसै अवसरमा दोलखाको सैलुङ्मा आयोजित प्रथम सैलुङ्मा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुल्ला पुम्से प्रतियोगितामा यस डोजाङबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै सहभागि भइ पदक जित्न सफल खेलाडीहरुलाइ डोजाङले नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे । सो प्रतियोगितामा पुरुष १७ वर्षको समुहमा प्रदीप तामाङले रजत, पदक र सोहि समुहमा सुजल श्रेष्ठले कास्य, पुरुष १२ वर्ष समुहमा लाक्पा तामाङले कास्य र प्रशिक्षक रमेश गुरुले पुरुष ४० वर्ष समुहमा कास्य पदक जितेका थिए । रजत विजेतालाई नगद दुई हजार सहित सम्मान पत्र र कास्य पदक विजेतालाई जनही एक एक हजार र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष तथा नगर समाजिक विकास समितिका संयोजक श्री रामप्रसाद गौतम र वडा नम्बर ५ का अध्यक्ष श्री नरमान श्रेष्ठले सम्मान गरेका हुन् ।
जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष तथा हिराहरी तेक्वान्दो डोजाङका सल्लाहकार समितिका संयोजक श्री सुबर्ण श्रेष्ठ सहित विभिन्न खेलाडीहरु, अभिभावकहरु, खेलप्रेमी, तथा स्थानीयको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे । ग्रेडीङ दोस्रो डान कालो पेटि द्वय दर्पन श्रेष्ठ र सुदिप तामाङले लिइएको थियो । कार्यक्रम संस्थापक तथा डोजाङ प्रमुख गुरुङले सन्चालन गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।