स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची , १ फागुन ।
जिल्लामा क्रियाशिल पत्रकारहरु देवराज सुवेदी र दुर्गा आचार्यलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका क्रियाशिल दुई पत्रकारले पाएका हुन् ।
इन्द्रेश्वरी मावि मेलम्चीको २७ औं वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा कलम चलाउँदै आएको पत्रकार देवराज सुवेदी र दुर्गा आचार्यलाई पुरस्कार स्वरुप रु ५हजार १ सय रुपिँया सहित सम्मान गरिएको
हो । आचार्य इमेज कम्पनीको अनलाईन इमेजखबरको डेस्क एडिटर रहनुभएको छ भने सुवेदी रासस र रेडियो मेलम्चीको स्टेशन म्यानेजर रहेर काम गर्दै गर्दै आएका छन् ।
पुरस्कार ग्रहण गरिसकेपछ सुवेदीले सोहि विद्यालयमा सञ्चालित बौद्धिक क्षमता विस्तार कक्षालाई १० हजार १ सय रुपिँया सहयोग गरेका थियो । आफुलाई पुरस्कार ग्रहण गर्दा अत्यन्तै खुशि लागेको भन्दै आफुले पाएको रकममा रेडियो मेलम्चीको तर्फबाट रु ५ हजार थपगरि सहयोग गर्न पाउँदा झनै खुशि लागेको सुवेदीले बताए ।
कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठलाई लामो समय शिक्षण पेशामा रहि काम गरेको भन्दै सम्मान गरिएको थियो । सोहि अवसरमा विद्यालयको खेल प्रशिक्षक रहि विद्यार्थीहरुलाई अन्तराष्ट्रिय पदक जिताउन महत्वपुर्ण भूमिका खेलेको भन्दै खेल प्रशिक्षक राजनमान श्रेष्ठलाई समेत विद्यालयले सम्मान गरेको थियो ।
शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् । आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी टपरहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिए ।
अहिले संस्थाले दृष्टिविहिन, अपागं, दलित र आर्थिक अवस्था न्युन भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।