Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

शिवश्रीको माथिल्लो चाकुको व्यवसायिक उत्पादन सुरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख ९, बिहिबार (४ साल अघि)
शिवश्रीको माथिल्लो चाकुको व्यवसायिक उत्पादन सुरु

वैशाख ९, बाह्रविसे ।

शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन शुरु भएको छ । आज एक कार्यक्रम गर्दै सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण सम्पन्न भएको सो आयोजनाको व्यवसायिक उत्पादन शुरु गरिएको हो ।

निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले गत वैशाख २ गते आफ्नो उत्पादन केन्द्रिय प्रशारण लाइनमा जोडेको थियो । सम्पुर्ण परिक्षणका प्रकृया सकेर आयोजनाले विहीबारबाट व्यवसायिक उत्पादन गर्न थालेको हो । योसँगै राष्ट्रिय प्रशारण लाइनमा तल्काल साँढे तीन मेगावाट विद्युत थपिएको छ । आयोजना रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरेका हुन् ।

नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका–४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको शिवश्रीका अध्यक्ष बच्चु पौडेलले बताए । हिउँदको सुख्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत भइरहेको उनले जनाए । ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ अध्यक्ष पौडेलले भने —“ प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत खरिद गर्ने छ ।” अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत बिक्रीबाट महशुलबापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ ।

फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पु¥याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो । २०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पु¥याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएका शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको कसजूले जानकारी दिए । ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पु¥याएको थियो ।

शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर बितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले जनाए । शिवश्री र विद्युत प्राधिकरणबीच २०६७ मा पिपिए (विद्युत खरिद सम्झौता) भएको थियो ।

आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रहेको छ ।

कम्पनिले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयर समेत लागु गरेको थियो । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर धितोपत्र बोर्डमा सुचिकृत छ ।

  • SSHL
  • खुल्लापाना
  • प्रतिक्रिया दिनुहोस
    अर्थतन्त्र सम्बन्धि थप
  • भोटेकोसी–१ ले सर्वसाधारणलाई ८१ करोडको सेयर दिदैं

    भोटेकोसी–१ ले सर्वसाधारणलाई ८१ करोडको सेयर दिदैं

  • करदाता सेवा कार्यालयहरू खारेज, अब कहाँ पाइन्छ सेवा ?

    करदाता सेवा कार्यालयहरू खारेज, अब कहाँ पाइन्छ सेवा ?

  • फागुनमै उत्पादन हुने लक्ष्य, भोटेकोशी–१ जलविद्युतको ८० प्रतिशत काम सम्पन्न

    फागुनमै उत्पादन हुने लक्ष्य, भोटेकोशी–१ जलविद्युतको ८० प्रतिशत काम सम्पन्न

  • बाह्रविसेमा १० अर्ब लागतमा भोटेकोशी ५ जलविद्युत् आयोजना बन्दै

    बाह्रविसेमा १० अर्ब लागतमा भोटेकोशी ५ जलविद्युत् आयोजना बन्दै

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0