स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ वैशाख, चौतारा ।
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । मंगलबार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विज्ञप्ती निकाल्दै बुधबारबाट एक हप्ताको लागि कार्यालयको सेवा बन्द गरिएको हो ।
“यस कार्यालयमा कार्यरत कर्मचारीलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पुष्टि भएको ” सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सोही कारण कार्यालयबाट जारी हुँदै आएको शान्ति शुरक्षा तथा मुद्दा जस्ता अत्यावशेक बाहेकाका अन्य सबै सेवाहरु वैशाख १५ गतेदेखि २१ गतेसम्मको लागि बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ ।
कोरोना पुष्टि हुन अगाडी १३ गते सोमबार जिल्ला प्रशासन कार्यालयमा संघिय साँसदका सभामुख अग्नीप्रसाद सापकोटासहित जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको वैठक समेत बसेको थियो । ति कर्मचारी समेत सो बैठकमा उपस्थित थिए । सो बैठकले वैशाख मसान्तसम्म विद्यालय तहका सबै परिक्षा सम्पन्न गरि जेठ १ गतेबाट जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८