स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ वैसाख, चौतारा ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रकाश सापकोटा चैत महिनाको प्रहरी घोषीत भएका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गर्न उत्कृष्ठ काम गरेवापत उनी Police Of The Months घोषित भएका हुन् ।
सापकोटाले चैत महिनामा फैसला कार्यान्वयन अन्तर्गत ३ जना फरार अभियुक्त पक्राउ गरि १ लाख ८ हजार १ सय रुपैंया जरिवाना संकलन गरएका थिए । त्यस्तै गत फागुनमा बलेफी गाँउपािलका वडा नं. १ जलबिरेको म्यासिम खोला जलबिधुत आयोजनाका संचालकसतिश तिमल्सिनालाई धाकधक्की दिइ कुटपिट एवं लछारपछार गर्ने चौतारा साँगाचोेकगढी नगरपालिका वडा नं. ५ का बिकास श्रेष्ठ पक्राउ गर्न समेत विशेष भुमिका निभाएका थिए ।
त्यसैगरि आत्महत्या न्यूनीकरणका लागि प्रशिक्षकको रुपमा खटीएको, सवारी दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भुमिका निभाएको, बिभिन्न घटनाहरुसँग सम्बन्धित महत्वपूर्ण सुचनाहरु नीति निर्देशन अनुसार संचार माध्यमहरुलाई तथ्यपरक सुचना सम्प्रेषण गरेको, अवैध भन्सार चोरी निकासी, नदीजन्य पदार्थ दोहन, हाईड्रोपावरहरुमा हुने विभिन्न तोडफोड, झै–झगडा लगायतका आपराधिक घटनाहरुलाई पूर्ण रुपमा निरुत्साहित गर्न, बन्द, बिरोध जुलुस, विभिन्न बिशिष्ट व्यक्तिहरुको आवागमन लगायतका कार्यक्रमहरुमा प्रभावकारी सुरक्षा योजना सहित प्रहरी परिचालनको व्यबस्था मिलाएकोप्रति जिल्ला प्रहरी कार्यालयले महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरेको हो ।
सापकोटाले गत चैत ३० गते सुकुटेमा भएको सवारी दुर्घटनाको बिषयलाई लिई पिडित पक्षल टायर तथा काठ राखी अरनिको राजमार्ग अवरोध गरेकोले न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्वन गरी भिड तितर बितर पारी राजमार्ग सुचारु गर्न समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।