स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७ बैशाख, चौतारा ।
नयाँ भेरियन्ट सहित दोस्रो लहरकको कोरोना संक्रमण बढ्न थालेपछि सिन्धुपाल्चोकमा ‘सेमि लकडाउन’ हुने भएको छ । आज शुक्रबार बसेको सिन्धुपाल्चोक कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाका मुख्य बजारमा लकडाउन गर्ने निर्णय गरेको हो ।
निर्णयानुसार जिल्लाका प्रमुख बजारहरु चौतारा, मेलम्ची, खाडिचौर र बाह्रबिसेका पसल व्ययवसाय बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न दिईने भएको छ । अत्यावश्यक बाहेक उक्त बजारका स्थानीयलाई घर बाहिर ननिस्कन पनि समितिले आग्रह गरेको छ ।
साथै होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा पूर्ण स्वास्थ्यमापदण्ड पालना गरेर गराउन समेत बैठकले आग्रह गरेको छ । साथै जिल्ला प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरि कडाइ गरिने भएको छ ।
नयाँ भेरियण्टसहितको कोरोना संक्रमितको संख्या सिन्धुपाल्चोकमा ५६ पुगेको छ। आजै मात्र २ जना स्वास्थ्यकर्मीसहित ५ जनामा संक्रमण देखिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८