स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२ जेठ, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोष खडा गरिने भएको छ । आज जिल्ला समन्वय समिति, चौताराको हलमा बसेको बैठकले नेपाल बैंक लिमिटेडको चौतारा शाखामा जिल्ला कोभिड १९ आपतकालिन कोष २०७८ नामको खाता सञ्चालन गर्ने निर्णय गरेको हो ।
सो खाता जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको सहयाक प्रमुख जिल्ला अधिकारी र श्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकको प्रमुखको संयुक्त हस्ताक्षरमा सञ्चालन हुनेछ । सो कोष सञ्चालनका लागि एक संक्षिप्त कार्यविधि बनाउने र सो को खर्चको अनुमोदन लगाएतको सम्पुर्ण अधिकार जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले गर्नेछ । कार्यविधिको मस्यौदा तयार गर्नको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जिम्मेवारी प्रदान गरिएको सप्रजिअ बाबुराम खनालले बताए ।
उक्त कोषमा आर्थिक सहायता गर्न समेत अनुरोध गरिएको छ । सो कोषमा सबै किसिमका संघसंस्था तथा व्यक्तिले सामाजिक उत्तरदायित्व अन्तर्गत रही रकम जम्म गर्न सकिनेछ ।
त्यस्तै जिल्लामा रहेका विभिन्न संघसंस्था, उद्योगी, व्यापारी तथा स्वतन्त्र व्यक्तिले दिएको भौतिक तथा अन्य सामाग्री समेत डीसीसीएमसीले स्विाकार गरी व्यवस्थापन तथा सञ्चालन समेत गरिनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८