स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३ जेठ, तातोपानी ।
नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर नेपाल आईपुगेको छ । १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो ।
चिनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगाएतको स्वास्थ सामाग्री नेपाल आईपुगेको हो । बाँकि ५ कन्टेनरमा भने स्याउ आईपुगेको हो ।
यो अक्सिजन सिलिन्डर निजी क्षेत्रका आयातकर्ताले आयात गरेका हुन् । तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पुर्याउने छन् । स्वास्थ्य सामाग्री क्युमा पनि नराखिने र राजश्व पनि नलाग्ने भएकोले छिटै नै भन्सार प्रकृया पूरा गरेर पठाईने भन्सार कार्यालयले जनाएको छ । ‘तातोपानी नाकाबाट आज पहिलोपटक अक्सिजन सिलिन्डर नेपाल प्रवेश गरेको हो ‘ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने -‘ यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
कुल ७५ सय सिलिन्डर खरिद गरिएकोमा २५ सय सिलिन्डर आइसकेको र ५ हजार सिलिन्डर खासामा आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८