स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ जेठ, मेलम्ची ।
मेलम्ची नगरपालिकाको लागि समाजसेवी तथा युवा व्यवसायी मनिषराज पाण्डेले आज बुधबार विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।
कोरोना भाईरसको दोश्रो लहर फैलिएसँगै मेलम्ची नगरपालिमा पनि संक्रमितहरु थपिँदै गएको अवस्थामा पाण्डेले नगरपालिकालाई एक सय लिटर स्यानिटाईजर, ३५ हजार पिस सार्जिकल मास्क र २० थान पिपिई सेट नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरेका हुन् । नगरपालिकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि आफुले ती स्वास्थ्य सामाग्री सहयोग गरेको पाण्डेले बताए ।
स्वास्थ्य सामग्री उपलब्ध गराई नगरपालिकालाई सहयोग पुर्याएकोमा नगरप्रमुख अर्यालले पाण्डेलाई धन्यवाद दिँदै नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएकाले केही स्थानहरु सिल गरिएको बताए । मेयर अर्यालले आफ्ना नागरिकहरुलाई स्वास्थ्य सतर्कता अपनाउँदै कोरोना परास्त पार्न सहयोग गरिदिन नगरबासीहरुमा समेत अनुरोध गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८