स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ जेठ, चौतारा ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न कोष खडा गरि रकम संकलन गर्न नपाईने भएको छ । आज बसेको सिन्धुपाल्चोक जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको विभिन्न पत्रानुसार यस्तो रकम संकलन नगर्न नगराउन निर्देशन दिएको हो । कुनै व्यक्ति वा संस्थाले यस्तो सहयोग गर्न चाहेमा नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सक्ने पत्रमा उल्लेख छ ।
सिन्धुपाल्चोकमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाले कोभिड १९ पत्रकार राहत कोषको नाममा र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले पनि कोष खडा गरि रकम संकलन गरिरहेको छ ।*पत्रकार महासंघले जारि गरेको कार्यविधि अनुसार संकलित रकमको ४० प्रतिशत रकम कोरोना संक्रमित जिल्लाबासिको लागि खर्च गर्नेछ भने कोरोना संक्रमित भइ अस्पतालमा भर्ना हुने पत्रकारको लागि २५ हजार रुपैयाँ र स्वास्थ्य सामाग्री दिनेछ । (सच्चईएको-सम्पादक)
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८