Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

धुलिखेलबाट पीसीआर रिपोर्ट अब २४ घण्टामा आउने

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १०, सोमबार (४ साल अघि)
धुलिखेलबाट पीसीआर रिपोर्ट अब २४ घण्टामा आउने

१० जेठ, चौतारा ।

कोरोना भाइरसबाट लाग्ने कोभिड १९ को परिक्षणको नतिजा आउन ५ दिनसम्म कुर्नुपर्ने बाध्यता अब हट्ने भएको छ । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलले २४ घण्टा नवित्दै कोरोना परिक्षणको नतिजा दिने तयारी पुरा भएपछि यो संभव हुने भएको हो ।

यसअघि सो प्रयोगशालामा स्वाब पु¥याएको पाँच दिनसम्ममा मात्रै नतिजा आउने गरेको थियो । यसले गर्दा जिल्लामा धेरै समस्या भएको स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताए । ढिला गरि नतिजा आँउदा परिक्षणका लागि स्वाब नमुना दिएका संभावित संक्रमितहरु खुलम्खुल्ला हिड्ने गरेका थिए । नतिजा जे आएपनि ढिला गरि आँउदा उनीहरु आइसोलेशनमा बसेका थिएनन् । जसले गर्दा संक्रमणको त्रास समेत बढेको चापागाँईले बताए । ‘लक्षण देखीएका विरामीहरुलाई उपचार गर्न समेत नतिजा नआँउदा समस्या भइरकेको थियो ।’ अधिकृत चापागाँईले भने —‘अझ स्वाब नमुना दिएर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा त यसले झनै ठुलो समस्या पारिरहेको थियो ।’

शंकास्पद विरामीको उपचार गर्न पनि पीसीआर परिक्षणको नतिजा नआँउदा समस्या भइरहेको थियो । त्यस्तै कुनै विरामीको मृत्यु हुँदा शब व्यवस्थापनमा समेत यसले असर पारेको थियो । कोरोना परिक्षणको पोजेटिभ नतिजा नआएसम्म नेपाली सेनाले शब व्यवस्थापन गर्न नमिल्ने र आफन्तले समेत व्यवस्थापन गर्न डराँउदा समस्या भइरहेको थियो । यो समस्या टार्न एन्टिजेन किटको प्रयागे बढाउन लागिएको समेत चापागाँईले बताए । यसबाट परिक्षण गर्दा विश्वसनियता पनि हुने र तत्कालै नतिजा समेत आउने भएकोले यसको प्रयोग गर्न लागिएको उनले बताए । यसबाट परिक्षण गर्दा भने शंकास्पद व्यक्तिको स्वाब मात्रै प्रयोगशाला पठाउन सकिने र प्रयोगशालाको चाप घट्दा नतिजा समेत चाँडो आउने अपेक्षा गर्न सकिने उनले बताए ।

धुलिखेल प्रयोगशालाको क्षमता बढ्यो

बागमती प्रदेश जनश्वास्थ्य प्रयोगशालाले काभ्रे र सिन्धुपाल्चोक सहित कम्तिमा पाँच जिल्लामा संकलित स्वाब नमुना परिक्षण गर्ने गर्दछ । सो प्रयोगशालाले रामेछाप, सिन्धुली र भक्तपुरको समेत स्वाब नमुना परिक्षण गर्ने गर्दछ । नुवाकोट जिल्लाले पनि धुलिखेलमै स्वाब नमुना ल्याउन छलफल गरिरहेको छ । पाँच जिल्लाको नमुना परिक्षण गर्नुपर्दा यसअघि नतिना आउन पाँच दिनसम्म लाग्ने गरेको सो प्रयोगशालाका निमीत्त निर्देशक नारायण बहादुर कार्कीले बताए । तर अहिले सो प्रयोगशालाले क्षमता बढाएको उनले जानकारी दिए ।

निमित्त निर्देशक कार्कीका अनुसार अहिले प्रयोगशालाको क्षमता तीन गुण बढाइएको छ । यसअघि एकवटा मेसिनले मात्रै परिक्षण गर्दै आएकोमा आजैबाट तीनवटा मेसिनबाट परिक्षण सुरु गरिएको उनले बताए । ‘यसअघि हामी एक पटकमा बढीमा एक सय ८० वटा नमुना परिक्षण गर्न सक्थ्यांंै ,’ निमित्त निर्देशक कार्कीले बताए —‘अब हामीले एक पटकमा कम्तिमा चार सय वटा नमुना परिक्षण गर्न सक्छौं ।’ यसअघि दैनिक पाँच सय क्षमतामा नमुना परिक्षण गर्न सकिने भएपनि ८ सय सम्म गरिदैं आएको थियो । अब त्यो मात्रा तीन गुणा हुनेछ ।

अघिल्लो महामारीमा एक महिनामा १७ हजार नमुना परिक्षण गरेको प्रयोगशालाले यो पटक भने पछिल्लो एक सातामा नै २२ हजार स्वाब नमुना प्रयोगशाला आइपुगेको कार्कीले बताए । कार्कीका अनुसार प्रयोगशालामा नमुना प्राप्त भएपछि त्यसलाई कोडीङ गरी सिस्टममा इन्ट्रि गर्न एक पटकको लागि कम्तीमा एक घण्टा लाग्ने गर्छ । त्यसपछि दुइवटा मेसिनमा पालैपालो स्वाब नमुना राख्नुपर्ने हुन्छ । पहिलो मेसिनमा स्वाब राखेको करिब तीन घण्टा पछि मात्रै स्वाबलाई अर्को मुख्य मेसिनमा राखिन्छ । सो मुख्य मेसिनबाट नतिजा आउन कम्तिमा दुइ घण्टा लाग्छ । यसरी हेर्दा पालो नपर्खनुपर्दा समेत नतिजा आउन कम्तिमा ६ घण्टा लाग्दछ ।

यो समाचार तयार पार्दासम्म प्रयोगशालामा कुनै पनि स्वाब नमुना पालोमा नरहेको उनले बताए । ‘मैले आफैले जोखीम मोलेरै मन्त्रालयबाट अख्तियारी नआँउदै दुइवटा मेसिन खरिद गरेको हुँ ।’ कार्कीले भने —‘अब भने प्रयोगशालामा स्वाब प्राप्त भएकोे बढीमा १६ घण्टामा नतिजा दिने तयारीमा छु ।’ जुनसुकै समस्या आएमा पनि कम्तिमा २४ घण्टामा भने अब नतिजा दिन सकिने उनले बताए ।

प्रयोगशालाले अबको एक हप्ताभित्र व्यक्तिको मोबाइलमै नतिजा पठाउने तयारी समेत गर्न लागेको उनले बताए । नमुना दिने व्यक्तिको मोबाइलमा नै प्रयोगकर्ता नाम र पासवर्ड पठाउने प्रणाली जडानको काम अन्तीम तयारीमा पुगेको र बढीमा एक हप्तामा नै मोबाइलबाटै नतिजा हेर्न सकिने उनले बताए । यसअघि स्वास्थ्य कार्यालयको इमेलमा मात्रै नतिजा पठाउने गरिएको थियो ।

प्रयोगशालाको कार्यक्षेत्रभित्रै पर्ने दोलखा जिल्लामा पीसीआर प्रयोगशाला स्थापना भएको कारण सो जिल्लाको नमुना धुलिखेल आउन छाडेको छ । यस्तै अन्य जिल्लाहरुले पनि एन्टिजेन किट मार्फत परिक्षण गर्न थालेको र प्रयोगशालाको क्षमता समेत वृद्धि गरिएका कारण अब नतिजाको लागि लामो समय कुर्नु नपर्ने भएको हो ।

  • pcr
  • काेराेना भाइरस
  • प्रतिक्रिया दिनुहोस
    विशेष सम्बन्धि थप
  • नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

  • गौरती मेला नजिकिँदै, तयारी तिव्र

    गौरती मेला नजिकिँदै, तयारी तिव्र

  • भान्से कुट्ने डिएसपीले ३ महिनामा फेरे पाँच जना भान्से

    भान्से कुट्ने डिएसपीले ३ महिनामा फेरे पाँच जना भान्से

  • ९ मिटर अग्लो खम्बामा चढेर तार तान्दै थिए, फेदबाटै खम्बा भाँचियो

    ९ मिटर अग्लो खम्बामा चढेर तार तान्दै थिए, फेदबाटै खम्बा भाँचियो

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0