स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ जेठ, चौतारा ।
कोरोना भाइरसको दोस्रो लहरमा सिन्धुपाल्चोक जिल्लामा कुल ३ हजार २४ जना संक्रमित हुँदा ३ सय ७५जना निको भइ डिस्चार्ज भएका छन् । दोस्रो लहरमा मात्रै २३ जनाको मृत्यु भएको छ । १ सय ५६जनामा आजै संक्रमण पुष्टि भएको हो ।
आज मात्रै १ जनाको मृत्युु भएको सिन्धुपाल्चोकमा २७ जजा संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेमा१ हजार ३ सय ३५ महिला र १हजार ६ सय ८९ पुरुष रहेको स्वास्थ कार्यालय , सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । निको हुनेमा १ सय ७३ महिला र २ सय २ जना पुरुष रहेको चापागाईंले बताए । ९ जना महिला र १४ जना पुरुषको कोरोनाको दोस्रो चरणमा मात्रै मृत्यु भएको हो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकाका रहेका छन् । चौतारामा मात्रै ५सय १५ महिला र ६सय ८ पुरुष सहित १हजार १ सय २३ जना संक्रमित भएका छन् । नगरमा १ सय ९६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, चौताराले जनाएको छ ।
हेर्नुस् आजको सुची:
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८