स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
✍️बिशाल श्रेष्ठ, २६ जेठ, काठमाडौं ।
रात्रीकालिन व्यवसाय बन्द भएपछि रोजगारी गुमाएका कलाकार तथा कामदारलाई खाद्यान्न सहयोग गरिएको छ । रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायी संघले रात्रिकालीन व्यवसायमा कार्यरत अति बिपन्न श्रमिक मजदुरहरुलाई लक्षित गरी खाद्यान्न वितरण गरेको हो ।
अघिल्लो लकडाउनमा समेत खाद्यान्न सहयोग गरेको संघले यस बर्ष पनि राहत वितरण गरेको संघका महासचिव सुजन श्रेष्ठले बताए । “जनताहरु इन्टरनेटमा मात्र हो देशभक्ति देखाउने हो सडकमा आएर सेवा गर्न त कुनै पार्टीको निर्देशन अनि मासु भात चाहिन्छ भन्ने भ्रम छ” महासचिव श्रेष्ठले भने -” त्यस्ता भनाईलाई गलत सावित गर्दै रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायी संघले आफ्नो क्षेत्रमा काम गर्ने असर परेको कामदारहरुलाई राहत वितरण गरेको हो ।”
कोभिड महामारीको दोस्रो लहर शुरु भएपछि संघले कोभिड रेस्पोन्स टिम गठन गरेको थियो। श्रेष्ठका अनुसार रात्रिकालीन व्यवसायमा आश्रित तीन सत जना पिडित कलाकार तथा कामदारहरुलाई राहतस्वरुप प्रति परिवार १ बोरा चामल, २ लिटर तेल ,१ किलो दाल नुन लगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। राहत बितरण कार्यक्रम अझै केही दिन सञ्चालन हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८