स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ असार, मेलम्ची ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाे बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा वितण्डा मच्चाएको छ। आज भएकाे अविरल बर्षाका कारण अाएकाे बाढीले ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट बगाएकाे अपुष्ट खबररहेकाे प्रहरीले जनाएकाे हाे।
बाढीबाट ५ जना भन्दा धेरै व्यक्ति बेपत्ता भएकाे हुन सक्ने आँकलनसमेत रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।
मेलम्ची आयाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए । तिम्बुदेखि तलतिरको नदिकिनारमा रहेका धेरै घरहरू बगाएको स्थानिय अर्जुन भण्डारीले बताए । अझैसम्म निरन्तर वर्षा भईरहेकोले उद्दार तथा खोजीमा समेत समस्या भईरहेको छ ।
बिस्तृत विवरण आउन बाँकी छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८