स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ असार, मेलम्ची ।
मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी १ महिलाको मृत्यु भएको छ । हेलम्बुको १ ट्राउट माछा फार्म कि टिकामाया खड्काको मृत्युु भएको हो ।
बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ । मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए ।
अहिले मेलम्ची बजारका हजारौं स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय , नगरपालिकाको कार्यालय , टार तथा माथिल्लो भेगका जङ्गलमा गएर बसेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको मुहानक्षेत्र भन्दा माथि ठूलो पहिरो गएको छ । बाढिले अहिलेसम्म आयोजनामा कुनै क्षति नभएको आयोजनाका कर्मचारी निमेष रेग्मीले बताए ।
हेलम्बु प्रहरी चौकिको भवन समेत जोखिममा परेकाले प्रहरी समेत सुरक्षीत ठाउँको खोजिमा भवन छाडेर भागेका छन् । बाढिले नदिकिनारका सबैजसो माछा पोखरि बगाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८