स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ साउन, सिन्धुपाल्चोक। मध्य भोटेकोशी जलविद्युत् आयोजनाको शेयर मोबाइलबाटै भर्न मिल्ने भएको छ । आजबाट जिल्लाबासीको लागि खुलेको शेयर यसअघि आयोजनाले तोकेको विभिन्न बैंक तथा तिनिहरुको शाखाबाट मात्रै भर्न मिल्ने भनिएकोमा कोरोनाबाट सतर्क रहनका लागि इसेवाको प्रयोग गरी भर्न मिल्ने बनाइएको हो ।
कसरी भर्न सकिन्छ ?
सुरुमा तपाँईसँग स्मार्टफोनमा इसेवा मोबाइल वालेट एप्लिकेशन हुनुपर्दछ । सो एप्लिकेशनमा पपुलार सर्भिस भन्ने अप्सनमा मध्यभोटेकोशीको छोटकरी रुप MBJCL देख्नु हुनेछ र त्यसका क्लिक गर्नु होस् ।
– ईसेवा खोलेरः MBJCL – IPO -Local People_ मा थिच्नुहोस् ,
-. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहोस् ,
-. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ ,
– प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
कहिलेसम्म दिने आवेदन ?
कोरोनाका बेलामा गरिएको निषेधाज्ञाका कारण खुलेको आइपिओको बिक्री बीचमै स्थगित भएको थियो।
अब छिटोमा साउन १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ।
कुन कुन बैंकबाट आवेदन दिन सकिन्छ?
सिन्धुपाल्चोक जिल्ला बासि को लागि मध्यभोटेकोशी हाइड्रोपावर ले सेयर खुल्ला गरेको छ , जस्को लागि ईसेवाबाट (eSewa) नै मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिन सकिने छ । साथै, सिन्धुपाल्चोक जिल्लाभित्र र काठमाण्डौं उपत्यका भित्रबाट संकलन केन्द्रहरु निम्न बमोजिम छ ।
(क) सिन्धुपाल्चोक जिल्लाभित्र:
१. ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा ।
२. ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा.९, बाह्रबिसे ।
३. लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५,चौतारा ।
४. लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।
५. लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा. ७, खाडीचौर बजार ।
६. लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
७. मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा.६, चौतारा ।
८. मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा. २, हेलम्बु ।
९. मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।
१०. मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा.६, पाँचपोखरी ।
११. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा. ६, बाह्रबिसे ।
१२. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा. ८, चौतारा ।
१३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।
१४. सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा. ८, बाह्रबिसे ।
१५. सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।
१६. सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।
१७. सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा १०, सुकुटे ।
१८. सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा ५, चौतारा ।
१९. सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
२०. सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा ।
२१. सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।
२२. सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, सिलढुंगा ।
२३.नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।
२४.सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
२५.सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा. ४, बाह्रबिसे ।
२६. प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।
२७. नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।
२८. नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।
२९. कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
३०. कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।
३१. कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।
३२. बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।
३३. एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।
३४.एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ५, बलेफी बजार ।
३५.माछापुछ्रे बैंक लि., तातोपानी, सिन्धुपाल्चोक ।
३६.महालक्ष्मी विकास बैंक लि., खाडीचौर, सिन्धुपाल्चोक ।
(ख)काठमाण्डौं उपत्यकाभित्र :
१. ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।
२.एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ. ।
३.प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।
४.सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।
५. लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।
६. सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।
७. सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।
* उपरोक्त संकलन केन्द्रहरुमा चेकबाट बुझिलिने व्यवस्था गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।