स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ साउन, चौतारा ।
कोभिसिल्डख खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका सिन्धुपाल्चोकका ६५ वर्ष माथिका व्यक्तिहरुले भोली मंगलबारबाट एस्ट्रोजेनीक खोप लगाउन पाउने भएका छन् । तीन दिनसम्म चल्ने खोप अभियानमा जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुबाट एस्ट्रोजेनीक खोप लगाउन सक्नेछन् ।
पहिलो डोज खोप लगाएका ५ महिनापछि दोस्रो डोज खोप लगाउन पाउने भएका हुन् । सिन्धुपाल्चोकमा २०७७ फागुन २३ गतेदेखि पहिलो डोज कोभिसिल्ड खोप लगाउनेले दोस्रो डोज पाएका थिएनन् । यसअघि भारत सरकारको सहयोगमा प्राप्त कोभिसिल्ड खोपको मौज्जाद सकिएपछि देशभर १२ लाख भन्दा धेरैले दोस्रो डोज लगाउन पाएका थिएनन् । सिन्धुपाल्चोकमा भने १२ हजार २ सय ४६ जनाले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पाएका छैनन् । अहिले भने जापान सरकारले कोभिसिल्डकै फर्मुलामा तयार भएको एस्ट्रोजेनीक खोप उपलब्ध गराएपछि उनीहरुलाई यो खोप दिन लागिएको हो ।
जिल्लाका यसअघि खोप कार्यक्रम सञ्चालन भएका सबै स्वास्थ्य केन्द्रहरुबाट यो खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले बताए । यसको लागि सबै स्वास्थ्य केन्द्रमा खोप सामग्री पु¥याइसकीएको चापागाँईले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८