स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ भदौ, चौतारा ।
हेलम्बु—मेलम्ची बाढी प्रभावित २० हजार जनाको लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ । भोली भदौ १० गतेदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोपकेन्द्रहरुमा खोप पठाइसकिएको हो ।
सिन्धुपाल्चोकको बाढी प्रभावित पाँचपाखरी थाङपाल गाँउपालिकाको लागि ८ हजार, मेलम्ची नगरपालिकाका लागि ७ हजार र हेलम्बु गाँउपालिकाको लागि ५ हजार डोज खोपका लागि २ हजार भायल खोप स्थानीय तहका यसअघि तोकिएका खोपकेन्द्रहरुमा पठाइसकिएको स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताए । बाढीप्रभावितहरुलाई दुइ मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका भ्याक्सीन लगाउन लागिएको उनले बताए ।
यो खोप १० मात्राको एक भायलमा हुने र भायलको विर्को खोलेपछि ६ घण्टाभित्र लगाइसक्नुपर्ने भएकोले १० जना जम्मा भएपछि मात्रै खोप लगाउन सुरु गरिनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८