स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२९ भदौ ,काठमाडौ ।
सदस्यता वितरण हुन बाँकि रहेको सिन्धुपाल्चोक जिल्लाको नेपाली काँग्रेसको क्रियाशील सदस्यता नामावली विवाद टुङ्गीएको छ । सिन्धुपाल्चोकसहित ८ जिल्लाको सदस्यता विवाद टुंगिएको हो ।
आज भदौ २९ गते मंगलबार साँझ विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित कार्यदलले जनाएको छ । कार्यदलकाअनुसार मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको सदस्यता विवाद टुंगोमा पुगेको हो । बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने कार्यदलले जनाएको छ ।
क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा कांग्रेसले हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८