स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ असोज, काठमाण्डौ ।
कोरोना महामारीबाट सुरक्षित गराउने एक मात्र विकल्पको रुपमा हेरिएको कोरोना विरुद्धको खोप नेपालमा पनि गत फागुनदेखि नै लगाउन थालिएको छ । नेपालका हालसम्म १ करोड ७८ लाख डोज भन्दा धेरै खोप भित्रिएको सरकारी तथ्याङ्क छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हालसम्म १ करोड ७८ लाख ५८ हजार ७१० डोज खोप प्राप्त भएको छ । जसमध्ये सबैभन्दा धेरै भेरोसेल खोप प्राप्त भएको छ । भेरोसेल खोप नेपालमा १ करोड, १९ लाख डोज प्राप्त भएको छ । यो चिनियाँ खोप हो । यसको दुई डोज लगाउनुपर्छ ।
त्यस्तै कोभिसिल्ड खोप समेत २४ लाख ४८ हजार डोज प्राप्त भएको छ । नेपालमा पहिलोपटक यही खोप भित्रिएको थियो । यसको समेत दुई डोज नै लगाउनु पर्दछ । यो भारतीय खोप हो । । कोभिसिल्ड को खोप अभाव भएपछि पहिलो डोज कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जापानबाट आस्ट्राजेनेका खोप ल्याएर लगाएको थियो । यो खोप भने नेपालमा १९ लाख ७५ हजार ८६० डोज भित्रिएको मन्त्रालयले जनाएको छ ।
एक डोज मात्रै लगाए पुग्ने अमेरिकी कम्पनीले उत्पादन गरेको जोनसन एण्ड जोनसन खोप भने १५ लाख ३४ हजार ८५० डोज भित्रिएको छ ।
प्राप्त खोपहरू केही सरकारी सहयोगको रुपमा निशुल्क प्राप्त भएका हुन् भने केही सरकारले खरिद गरेर ल्याएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।