स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ असोज, चौतारा ।
प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले चौतारामा रहेको वृद्धाश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । असोज २० गतेको प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीले आज सो सहयोग गरेको हो ।
‘हामिले रक्तदान, सरसफाइ सहित मास्क खै अभियान समेत यसै सन्दर्भमा सञ्चालन गरिरहेका छौं’, प्रहरी उपरिक्षक राजन अधिकारीले भने —‘आज भने आश्रममा बस्नुहुने १० जना आमाबुबाको लागि उहाँहरुको आवश्यकताको आधारमा खाद्यान्न सहययोग गरेका हौं ।’
प्रहरी कार्यालयले वृद्धाश्रममा १२ बोरा चामल सहित २ बाक्सा तेल, बिस्कुट ६ प्याकेट, दाल १० केजी, चिनी ७ केजी, चिया पत्ति १ केजी, हर्लिक्स १० बट्टा लगायत खाद्यान्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
खाद्यान्न सँगै प्रहरीले आश्रममा विभिन्न किसिमका फलफूल समेत वितरण गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८