स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२३ असोज , मेलचौर ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सञ्चालन भइरहेको प्रथम मालिकादेवी कप, 7A साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
भोली सेमिफाइन चरणका दुवै खेल सञ्चालन हुनेछन् । सेमिफाइनलको पहिलो खेल सुनौलो बिहानी अभियान र लिलफङ घले समाजविच बिहान ८:३० बजे हुनेछ भने दोस्रो खेल काभ्रे जुनियर बोइज र चौतारा साँगाचोकगढी वडा नम्बर ६, पिपलडाँडाविच दिउसो २:३० बजे सञ्चालन हुनेछ ।
क्वाटर फाइनलको पहिलो खेलमा काभ्रे जुनियर बोइज विजयी भएको थियो । काभ्रे जुनियर बोइज र मेलचौर युवा जागरण समाज B बिच निर्धारित समयमा १-१ को बराबरी भएको थियो । खेल ट्राइबेकरबाट पनि नतिजा आउन सकेन । ट्राइबेकरमा ३-३ को बराबरी हुदा सडेन डेथमा १-० ले काभ्रे जुनियर बोइज विजयी भएको छ । म्यान अफ दि म्याच काभ्रे जुनियर बोइजका गोल किपर सन्दिप लामा घोषित भए ।
त्यस्तै आजको दोस्रो खेलमा सुनौलो बिहानी अभियान मेलचौर युवा जागरण समाजलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सुनौलोको लागि मुस्कान श्रेष्ठले २ र प्रकाश खत्रीले १ गोल गरेका थिए । मेलचौरका लागि एक मात्र गोल दिवश दंगालले गरेका थिए । म्यान अफ दि म्याच सुनौलो बिहानी अभियानका मुस्कान श्रेष्ठ घोषित भए।
क्वाटरफाइनलको तेस्रो खेल चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपलडाँडा र साँगाचोक युथ क्लवबिच सम्पन्न भएको थियो । निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि ट्राइबेकरमा गएको खेलमा पुनः ३-३ को बराबरी हुदा खेलको नतिजा सडेन देथबाट चौतारा साँगाचोकगढीले आफ्नो पक्षमा पारेको थियो। म्यान अफ दि म्याच वडा नम्बर ६ का अनिष सापकोटा घोषित भए ।
अन्तिम क्वाटर फाइनल खेल भने लिलफङ घले समाज र जल्किने युथ क्लवबिच सम्पन्न भएको थियो । निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा लिलफङ घले समाज ४-३ गोल अन्तरले विजयी भएको थियो। म्यान अफ दि म्याच लिला फङ घले समाजका गोल रक्षक सुशान्त दुलाल घोषित भए।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।