स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ कात्तिक , चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी , सिन्धुपाल्चोकको जिल्ला अधिवेशन विवादित बनेपछि स्थगित भएकोछ । जिल्ला अध्यक्ष चयन गर्ने क्रममा केन्द्रीय अध्यक्ष पशुपतिशमशेर राणाले एकलौटी गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
पार्टीको केन्द्रीय महाधिवेशन लक्ष्यित गरि देशभर विभिन्न तहका अधिवेशन भइरहेका छन् । सोही क्रममा आज सिन्धुपाल्चोक जिल्ला अधिवेशन भएको हो । अधिवेशनमा १८ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पदमा भने विवाद भएको छ ।
पार्टीको जिल्ला अध्यक्ष पदको लागि ६ जना आकाङ्क्षी रहेका थिए । ६ जनामध्ये नारायण जंग पाण्डे बाहेक गोपाल श्रेष्ठ , उदय सापकोटा , निलध्वज थापा, दइन्द्र ठकुरी र प्रविण श्रेष्ठले हस्ताक्षर गरि आफुहरुमध्येबाट जसलाई अध्यक्ष बनाएपनि स्विकार गर्नेगरी केन्द्रीय अध्यक्ष राणालाई अध्यक्ष चयन गर्ने जिम्मेवारी दिएका थिए ।
‘उनिहरू बाहेक अरु कसैले पनि अध्यक्ष पदमा उम्मेदवारी नदिने समेत सहमति भएको थियो र सोही अनुसार अधिवेशन अन्तिम चरणमा समेत पुगेको थियो ।’ अध्यक्ष पदका प्रत्यासी उदय सापकोटाले भने -‘तर सहमति विपरीत केन्द्रीय अध्यक्षले सातौं व्यक्तिको नाम अध्यक्ष पदका लागि सिफारिस गरेपछि हामीलाई चित्त बुझेन ।’
केन्द्रीय अध्यक्ष राणाले अध्यक्ष पदका लागि दिपक खरेलको नाम सिफारिस गरपछि अधिवेशन स्थल तनावग्रस्त बनेको थियो । उदय सापकोटाका समर्थक सहित अन्य नेता कार्यकर्ताले हुलहुज्जत गर्दा केही कुर्सी समेत भाँचिएका छन् । खरेल हालै सम्पन्न पार्टीको सिन्धुपाल्चोक प्रतिनिधिसभा १ प्रदेश सभा क को अधिवेशनबाट अध्यक्ष चयन भएका थिए ।
‘ हामीमध्ये जो कोहिलाइ सिफारिस गरेको भए हामी त्यसलाई सहर्ष स्विकार गर्ने थियौं ।’ अध्यक्ष पदका अर्का प्रत्यासी निलध्वज थापाले भने -‘तर केन्द्रीय अध्यक्ष राणाले फरक व्यक्तिलाई अध्यक्ष पदमा सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो ।’ हालसालै प्रदेशसभाको जिम्मेवारी प्राप्त व्यक्ति जिल्ला नेतृत्वमा आउन नमिल्ने उनले बताए ।
जिल्ला अधिवेशनबाट दिपक खरेल अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको भनिएको भएपनि निर्वाचन समितिले भने उक्त घोषणा गरेको छैन । ‘केन्द्रीय अध्यक्षबाट हामीसामु अध्यक्ष पदमा दिपक खरेलको नाम प्राप्त भएको थियो ।’ निर्वाचन अधिकृत राजकुमार भट्टराईले भने -‘तर हामिले १८ जना सदस्य बाहेक अध्यक्षको सो नाम घोषणा गरेका छैनौं ।’
केन्द्रीय अध्यक्ष राणाले खरेलको नाम सिफारिस गर्नासाथ अधिवेशन प्रतिनिधिहरुले माइक खोसेर हलमा हुलहुज्जत गर्न थालेपछि अधिवेशन विना निर्णय स्थगित भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।