स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ मंसिर, बाह्रबिसे ।
नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा १ को प्रदेश क को सभापतिमा आङदोर्जे शेर्पा विजयी भएका छन् । प्रतिस्पर्धी कुमार श्रेष्ठलाई ५४ मतको विरुद्ध ४६४ मत ल्याई फराकिलो मतान्तरले शेर्पा विजयी भएका हुन् ।
त्यसैगरी प्रदेशसभा कार्यसमितिमा उपसभापतिमा च्याङा शेर्पा र टेक बहादुर गुभाजु विजयी भएका छन् । उनीहरूले ३९७ र ३५२ मत ल्याँउदा प्रतिस्पर्धीहरू घ्युकाजी खड्का र श्याम तामाङले ७८ र ८८ मत ल्याए ।
सचिव पदमा भने सुवेश थापा र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । सहसचिव पदमा उमेश सुवेदी र राजेन्द्र विक्रम थापा निर्वाचित भए । उनीहरूले ३९५ र ३७४ मत ल्याँउदा जीवनलाल लामाको नाममा ८९ मत मात्रै खसेको कांग्रेस नेता युधिर पौडेलले खुल्लापानालाई बताए ।
सोही प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रदेश प्रतिनिधि भने घ्याम्छो लामा, रामेश्वर आचार्य, हरीबहादुर रायमाझी, राजकुमार तामाङ, सुरेन योञ्जन, रमेश राउत, हेमन्त श्रेष्ठ, यादव श्रेष्ठ, रविन्द्र दर्नाल, जीतबहादुर प्रधान, पासाङ लामा, बिना नेवार, पदम कुमारी श्रेष्ठ, चमेली श्रेष्ठ, दिपा लामा, सुनिता लामा, युवाखर सापकोटा निर्वाचन मार्फत निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८