स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ मंसिर, चौतारा ।
नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा २ को प्रदेशसभा क मा केशवराज गिरी विजयी भएका छन् । प्रदेशसभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापति पदमा केशवराज गिरीले २११ मत प्राप्त गरी विजयी भएका हुन् भने प्रतिश्पर्धी देवप्रसाद बाँनियाले २०२ मत प्राप्त गरी ९ मतले हार व्यहोेरे ।
त्यस्तै उपसभापति पदमा ग्याल्बो तामाङले २२३ मत र बासुदेव लम्सालले १९७ मत ल्याएर विजयी भए । सोही पदमा उम्मेदवार बनेका अरूण बहादुर तामाङले १५६ मत र भिम बहादुर घलेले १७२ मात्रै ल्याए ।
सचिव पदमा भने छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरुले १९२ र १८५ मत प्राप्त गरे । सचिव पदमै उम्मेदवार भएका मानकाजी तामाङ र बिदुर भट्टराईले भने १८३ र १६४ मत प्राप्त गरे ।
सहसचिवको निर्वाचनमा २२८ मत ल्याएर पून्यप्रसाद घोरासैनी र २१२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको काँग्रेस नेता नवराज भट्टराइले खुल्लापानालाई जानकारी दिए । सोही पदमा चिनकाजी मोक्तान २०४ मात्रै ल्याएको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८