स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ मंसिर , बाह्रबिसे ।
बिरामी भएर अस्पतालको बेडमा उपचाररत रहँदा पनि मोहनबहादुर बस्नेत काँग्रेस सिन्धुपाल्चोकको निर्वाचनमा अब्बल ठहरिएका छन् । शनिबार सम्पन्न भएको काँग्रेस सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को अधिवेशनको निर्वाचनमा बस्नेत अत्याधिक मत सहित बस्नेत प्रथम भएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
बस्नेत विगत १ हप्तादेखि स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत छन् । चिसोको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अहिले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बस्नेतले सामाजिक सञ्जाल मार्फत आफ्ना सुवेच्छुकहरुलाइ जानकारी दिएका छन् ।
बस्नेतसँगै महाधिवेशन प्रतिनिधिमा उनको प्यानलबाट प्रत्यक्षतर्फ ९ जना विजयी भएका छन् । कुल १ हजार ३४ मत खस्दा बस्नेत ८ सय २ मत ल्याएर विजयी भएका हुन् । उनकै प्यानलबाट प्रत्येक्षतर्फ डा. प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ , श्रवणकुमार जिसि(विनोद), भोला बोहरा , राजेन्द्र कुमार श्रेष्ठ , विष्णु बहादुर खत्री , रामबहादुर लामा र जंगबहादुर लामा विजयी भएका छन् ।
उनले पटक पटक कारवाही गरेका उनी इतर खेमाका दोर्जे लामा हाउडे समेत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । उनको जितलाई सिन्धुपाल्चोक काँग्रेसमा ठुलो महत्त्वका साथ लिइएको छ । बस्नेत इतर खेमामा रहेका जिल्ला सभापतिमा प्रत्यासी रहेका भुपेन्द्र थापाले वडास्तरमै हार व्यहोर्दा लामाको जितले उनलाई शक्तिशाली नेताको रुपमा समेत उभ्याएको छ । उनी तरुण दलका जिल्ला अध्यक्ष हुन् । उनलाई बस्नेतले कारबाही गरेर समानान्तर तरुण दल बनाउदा समेत विधानत लामा नै पुनः अध्यक्ष बनेका थिए ।
काँग्रेसको महाधिवेशन प्रतिनिधिमा महिलाबाट लिलाकुमारी नेपाल, गेल्मु शेर्पा बुढाथोकी , शर्मिला घिमिरे खड्का र मसिना खड्का भण्डारी निर्वाचित भएका छन् । खसआर्य तर्फ युधिर पौडेल , रामकुमार थापा, आदिवासी जनजातितर्फ पासाङ नोर्बु शेर्पा , हिमाल कुमार श्रेष्ठ , ङिमा जाङ्मु शेर्पा निर्वाचित भएका छन् ।
अल्पसंख्यक कोटाबाट भने प्रेम लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।