स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ मंसिर, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराज्यको पक्षमा एकजुट हुनुपर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंस्था र हिन्दूराष्ट्र चाहिन्छ भन्ने सबै संघ–संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने समेत बताएका छन् ।
‘राप्रपा बाहिर भएका राजसंस्था र हिन्दूराष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ । र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले भने । उनले राप्रपाको कमिकमजोरी सच्याएर काँग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए ।
‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदै खिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन । विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकरण गर्यौं । एकीकरण गरेको दुुई वर्ष बित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरु देखाउनुभएन । यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो ।’
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।