स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० मंसिर , काठमाडौं ।
नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको छ। दक्षिण अफ्रिकाबाट नेपाल आएका २ जनामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोम संक्रमण देखिएको हो ।
पहिलो पटक यो भाइरसक दक्षिण अफ्रिकामा देखिएको हो नोभेम्बर २४ मा। यो भाइरस देखिएको दुई साता पनि पूरा नहुँदै नेपालमा दुई जनामा संक्रमण पुष्टि भयो। नेपालमा संक्रमण देखिएका नागरिक भने विदेशी हुन्। ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ। उनी नेपाल आउँदा गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो। त्यस्तै, उनले कोरोना विरुद्धको खोप समेत लगाएका थिए।
नेपाल आएको चार दिनपछि अर्थात मंसिर ७ गते उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई कोरोना संक्रमणसँग मिल्दो लक्षण देखियो। त्यसपछि उनको कोभिड परीक्षण गरिएको थियो।
परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड १९ परीक्षणमा पोजिटिभ आएकाहरुको (S-gene Target failure) परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन।
S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। आइतवार राति भने ओमोक्रन भाइरस भएको पुष्टि भयो।
अहिले दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। उनीहरुमा हाल कुनै लक्षणहरु देखिएको छैन।
दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। सम्पर्कमा आएको ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको मन्त्रालयले जानकारी दिएको छ।
छिमेकी राष्ट्र भारतमा समेत दुई दर्जन मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि केही राष्ट्रले विदेशीलाई आवत जावतमा रोक समेत लगाएका छन्।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।