स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ मंसिर, खाडीचौर ।
स्थानीयको शान्ति सुरक्षा गर्न प्रहरीलाई सहतलाको लागि सुनकोशी गाउँपालिकाले प्रहरीलाई बाइक दिने भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ५ सुनखानीमा अस्थायी प्रहरी पोष्ट निर्माण भएसँगै गाउँपालिका प्रमुख श्रवणकुमार जिसी (विनोद)ले प्रहरीलाई बाइक दिने घोषणा गरेका हुन् ।
अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख , राजन अधिकारीले प्रहरी सबैको साथी भएको बताए । प्रहरी उपरीक्षक अधिकारीले प्रहरी सदैव जनताको साथमा रहेकोले जनताले पनि राम्रो कामको लागि सहयोग गर्न अनुरोध गरे । अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रहरी पोस्टलाई स्थायी गर्न समेत सबै पक्षको सहयोग आवश्यक रहने उनले बताए ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी ‘विनोद’ले अस्थायी प्रहरी पोस्टकाे प्रहरीलाई यातायात सहजताका लागि बाइक उपलब्ध गराउने घोषणा गरेका हुन् । सुनखानीमा प्रहरी पोष्ट स्थापना भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले सुनखानीमा बैंकको स्थापना गर्न र अस्थाई चौकीलाई स्थाई पनि विशेष पहल र सहयोग गर्ने बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८