स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ मंसिर, तौथली ।
सिन्धुपाल्चोक जिल्लाको प्रशिद्द धार्मिक स्थल त्रिपुरासुन्दरी माइ मन्दिरको मुर्ती चोरी भएको छ । करिब एक सय वर्ष पुरानो भगवतीको मुर्ती सहित कलश र अन्य दुइवटा विष्णुको मुर्ती समेत चोरी भएको हो ।
नेवार भाषाको उद्गम स्थल समेत मानिने त्रिपुरासुन्दरी गाँउपालिका ५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीन वटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मुर्ती चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । मंगलबार राती करिब २ बजे तीनवटा मोटरसाइकलमा केही अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको र बिहानको नियमीत पूजापाठ गर्न जाँदा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका उनले बताए ।
‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो’ उनले भने —‘स्थानीय र प्रहरी मिलेर चोरको सबैतिर खोजी भइरहेको छ ।’ त्रिपुरासुन्दरी देवी मन्दिरबाट मूर्ति कलशसँगै स्थानीयको तीनवटा मोटरसाइकल चोरी भएको र त्यसमध्ये तल्लो बजारछेउमा एउटा मोटरसाइकल फेला परेको वडाध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।
२०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि टहरा बनाएर महादेवीको पुरानो मूर्ति, गरगहना सुरक्षित राखिँदै आएको थियो । अहिले पुरातत्व विभागले सो मन्दिर पुनर्निमाण गरिरहेको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने ललित त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली फूलपातीबाट सुरु हुन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।