स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ मंसिर, चौतारा ।
परपुरुषसँग मिलेर सिन्धुपाल्चोकको एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको हत्या भएको हो ।
लामाको हत्या अभियोगमा प्रहरीले निजकी श्रीमती २८ वर्षीय निमा साङ्बो तामाङ र सोही स्थानका ३६ वर्षका कान्छालाल लामा पक्राउ गरेको छ । उनीहरूबीच अनैतिक सम्बन्ध रहेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।
मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्याधिक फोन आउने गरेको थाहा पाएपछि उनले सो फोन समेत एक दिन कब्जा गरेर सिमकार्ड फेरेर पुनः फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक लामाको घर र ससुराली एउटै गाउँ हो भने शंकित लामा समेत सोही स्थानका बासिन्दा हुन् । मृतक लामा ससुराली घरमा साँझ खाना खाएर घर फर्किने क्रममा ससुराली घरबाट करिब १ सय मिटर पर उनको हत्या भएको थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालोलाई बोलाएको भएपनि डरको कारण सालो केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गए ।
घरमा भिनाजु नदेखेपछि उनीहरु पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फुटेको अवस्थामा भेटेपछि खोजी शुरु भएको थियो । बाटोभन्दा केही तल अर्थनङ्न भइ खोल्सामा घोप्टो परी नलले छोपिएको अवस्थामा शब फेला परेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
तत्काल प्रहरी चौकी तेम्बाथान कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिई गई घटनास्थलको छानविन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राती नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।