स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ मंसिर, चौतारा ।
नेपाली काँग्रेसको जारी १४ओैं महाधिवेशनमा सिन्धुपाल्चोकका दुई हस्तिहरु सहमहामन्त्री र सदस्यमा उम्मेदवार भएका छन् ।
सिन्धुपाल्चोकमा संस्थापन इतर प्यानलको नेतृत्व गरिरहेका जिल्ला सभापति विकास लामा डा. शेखर कोइराला प्यानलबाट जनजाति तर्फको सहमहामन्त्री पदमा उम्मेदवार भएका छन् । यसअघि उनको जनजाति तर्फकै सदस्य पदमा उम्मेदवारी दिने चर्चा थियो ।
निवर्तमान केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकमा संस्थापन समुहको नेतृत्व गरिरहेका मोहनबहादुर बस्नेत भने केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको भएपनि देउवा प्यानलमा सो पदमा किशोरसिं राठौर उठ्ने भएपछि उनी पछाडि हटेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८