स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२८ मंसिर, चौतारा, ।
कुविण्डेका ३ सय ३० जनाले निशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
कुविण्डे स्वास्थ्य चौकीको आयोजना, जनहित ग्राणिण सेवा समितिसंगको समन्वय र नेपाल वाइलिंग्रीसको सहयोगमा कुबिण्डे स्वास्थ्य चौकीमा आज निशुःल्क स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।
गाँउमा नै शिविर आयोजना गरीएपछि स्थानियले गाँउमै विज्ञ डाक्टरबाट सेवा पाएपछि उनिहरु निकै खुशि भएका छन् ।
शिविरमा ७ वर्षका वालकदेखी ८४ वर्षिया बृद्धबृद्धाले शिविरमा हाडजोर्नी,स्त्रीरोग र सर्जरीको सेवा पाएका छन् ।
निशुल्क स्वास्थ्य शिबिर बिहान ११ बजे देखि साँझसम्म संचालन भएको जनहित ग्रामिण सेवा समितिका अध्यक्ष भरत सापकोटाले जानकारी दिए ।
शिविरमा सुमेरु सिटी अस्पतालका चिकित्सकहरु , आवश्यक कर्मचारी र सहयोगी संस्थाका नेपाल प्रतिनिधि एवं कार्यक्रम निर्देशक सुनिलकुमार श्रेष्ठको सहभागिता सहभागिता रहेको थियो ।
निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख अमानसिं तामाङले स्वास्थ्य मानिसको प्रमुख पक्ष भएकोले जसरी कुखुराले मुसलधारे झरीको अवस्थामा आफ्नो चल्लालाई ढाकेर राखी सुरक्षा दिन्छ त्यसैगरि नेपाल वाइलिंग्रीसले कुबिण्डेको समुदायको सेवक बनेर पूनित कार्य गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८