स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ पुस, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका ७, सानोसिरुवारीको श्री सिद्धीगणेश माध्यमिक विद्यालयले हिजो विभिन्न तीन राजनीतिक दलले बुझाएको ध्यानाकर्षण पत्र र त्यससम्बन्धी प्रकाशित सुचनाको खण्डन गरेको छ ।
म्याद सकिएको लामो समय भइसक्दा समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न कुनै चासो नदिएको लगाएत विभिन्न अव्यवस्थाप्रति विरोध जनाउँदै श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा तीन राजनीतिक दलले हिजो सोमबार विद्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
‘उपर्युक्त सम्बन्धमा मिति २०७८।०९।१२ गते यस विद्यालयको सम्बन्धमा तीन राजनैतिक दलद्वारा हस्ताक्षर भएको ध्यानआकर्षण पत्र र सोही पत्र अनुसार प्रकाशित भ्रामक सूचना प्रति विद्यालयको गम्भीर ध्यानआकर्षण भएको छ चौतारा साँगाचोकगढी न.पा. वडा नं. ७ स्थित यस विद्यालयमा हाल सम्म कायम रहेको वि.व्य.स को आधिकारीक निर्णयको आधार र शिक्षा ऐन तथा नियमावलीले तोकेको अधिकार क्षेत्रभित्र रही स्थानीय तहसंग नियमित सहकार्य गर्दै विद्यालय सञ्चालन भएको व्यहोरा अवगत गराइन्छ ।’ विद्यालयका प्रधानाध्यापक राजकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘ विद्यालयको वार्षिक यथार्थ आय-व्यय सम्बन्धि विवरणको नियमित सामाजिक परीक्षण र लेखा परिक्षण भई प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवमा अभिभावक भेलामा प्रस्तुत तथा सार्वजनिक भएको, कोभिडको पहिलो र दोस्रो लहरमा समेत सबैभन्दा पहिले विद्यालय नियमित सञ्चालनमा आएको र सरोकारवाला तथा कक्षागत रुपमा अभिभावकहरुसंग नियमित बैठक बसी विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक गतिविधिको बारेमा छलफल गरेको साथै कक्षा ११ मा विद्यार्थी भर्नाको तथा रजिष्ट्रेशनको समायावधि २०७८ पुष २१ सम्म बाँकी रहेको हुँदा वि.व्य.स. गठन प्रकृया ढिलो भएकोमा मनोगत तथा कपोकल्पित रुपमा प्रस्तुत भएको उक्त ध्यानआकर्षण पत्रलाई खण्डन गरिन्छ ।’
तीन दलको ध्यानाकर्षण र त्यससम्बन्धी प्रकाशित समाचारले विद्यालयको अव्यवस्था सबैले थाहा पाउने भएपछि विद्यालयले त्यसको खण्डन गरेको हो । ‘उक्त पत्र तथा गलत सुचनाबाट विद्यालयप्रति नकारात्मक सन्देश प्रवाह हुने भएकाले सम्पूर्ण सचेत अभिभावक तथा सरोकारवालाहरुलाई भ्रममा नपन आग्रह गर्दै तपाईहरुको नियमित साथ र सहयोगको अपेक्षा सहित विद्यालयको ध्यानआकर्षण भएको सहर्ष जानकारी गराईन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।