स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ पुस, चौतारा ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापति पदमा बंशलाल तामाङले उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज बसेको कांग्रेसको सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा क को प्रथम बैठकलाई शुभकामना व्यक्त गर्ने क्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका महासचिव समेत रहेका तामाङ सभापति पदको उम्मेद्वार हुने घोषणा गरेका हुन् ।
पार्टीको १४ औैं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित तामाङले यही आउँदो २७ गते हुने जिल्ला अधिवेशनमा सभापति पदको उम्मेद्वारी रहने घोषणा गरेका हुन । पार्टीको केन्द्रिय महाधिवेशन अघी जिल्ला अधिवेशन हुन नसकेको १७ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय भएसँगै सिन्धुपाल्चोक कांग्रेसमा उम्मेदवारी घोषणा शुरु भएको हो ।
२०२० साल भदौ ५ गते सिन्धुपाल्चोकको नवलपुरमा पिता हवलबहादुर तामाङ र माता थासुमायां तामाङको कोखबाट जन्मिएका बंशलाल तामाङको सक्रिय राजनीतिक यात्रा, २०३६ सालमा जिल्ला कै ऐंसेलुखर्क मा वि. को, नेपाल विद्यार्थी संघको इकाई समिति सभापतिका रुपमा सुरु भएको हो । विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारीवोधका साथ होमीएको प्रखर प्रजातान्त्रिक अभियन्ता हुन बंशलाल तामाङ ।
नेपाल विद्यार्थी संघ– सिन्धुपाल्चोकको संस्थापक सदस्यका रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेले । २०४६ देखी २०४८ साल सम्म नेपाली कांग्रेसको ब्याड संगठन नेवि. संघ को जिल्ला अध्यक्ष समेत बने बंशलाल ।
राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रीक अधिकार प्राप्तीका लागि २०४२ सालमा तत्कालीन पञ्चायती निरंकुशता विरुद्ध शान्तिपूर्ण सत्याग्रहका काठमाडौँमा धर्ना बसे । पब्लिक युथ क्याम्पस हुंदै त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस बाट समाजशास्त्र / मानवशास्त्रमा स्नातक गर्दा गर्दै तामाङले केन्द्रिय राजनीतिमा समेत स्थापित बनाए ।
२०४६ साल बाटै नेपाली कांग्रेसको जिल्ला सदस्य हुंदै जिल्ला सचिव सम्म बनेका तामाङको पार्टी संगठन बिस्तार र पार्टीको लोकप्रियता वृद्धिका लागि सक्रिय रूपमा लागेका छन । राजनीतिक निष्ठा र प्रतिवद्धता कै परिणाम तामाङले २०५८ सालमा पार्टीको भातृ संगठन नेपाल आदीबासी जनजाति संघको संस्थापक केन्द्रिय सदस्य बनेर अर्को जिम्मेवारी पुरा गरे ।
यही लोकप्रियता र निष्ठा कै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका तामाङ, २०७४ सालको स्थानीय चुनावमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भए । त्यस लगत्तै ५ वर्षका लागि गाउँपालिकाहरूको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाले ।
२०६७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएर ईमान्दारीताका साथ लोकतन्त्र–प्रजातन्त्र–निष्ठा र विधिको शासनको लागि चट्टानी भूमिका खेलीरहेका तामाङ राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघि बढीरहेका छन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।