स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ पुस, चौतारा ।
हिजो साँझदेखिको परेको पानीले देशभर चिसो बढेको छ । धेरै उच्च भेगहरुमा हिमपात भएको छ भने कच्ची सडकहरू पानी जमेर हिलाम्मे भएका छन् ।
झरि रोकिएपछि पनि पानी जमेका हिलाम्मे सडकहरुमा केहि दिनसम्म हिलो भइरहनेछन् भने झरिकै विचमा सडक यात्रा गर्नेहरु पानीको आहालमा समेत फस्न सक्दछन् । यसैलाई विचार पुर्याउदै सिन्धुपाल्चोकका एक वडाध्यक्ष आफैं कोदालो बोकेर सडकको पानी कटाउन निस्केको देखियो ।
आफैं कोदालो बोकेर सडकको पानी कटाउन निस्कने व्यक्ति हुन् -चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठ ।
नियमित वडा कार्यालय सञ्चालनका लागि आएका श्रेष्ठले सेवाग्राहीलाई सेवा दिदै सडकको पानी कटाउन निस्केका हुन् । ‘झरिका कारण बाटोमा ठाँउठाँउमा पानी जमेर पैदल हिड्न पनि समस्या देखियो ।’ वडाध्यक्ष श्रेष्ठले भने – ‘ मोटरसाइकल चालक र पैदलयात्रुलाई गाह्रो हुने देखेपछि केही साथिको सहयोगमा आफैंले पानी कटाउने काम गरियो ।’
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८