स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ पुस, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश अधिवेशनको मिति तोकिएको छ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटी पदाधिकारीहरुको आज बसेको तेस्रो बैठकले आगामि माघ ८ र ९ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता र इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्जहरु कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ सहभागी बैठकले नेकपा (एमाले) बागमती प्रदेशका कमिटीको प्रथम अधिवेशन ८-९ माघ २०७८ यलम्बर पार्टी प्यालेस सिंहदरबार, काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
बैठकले अधिवेशन सञ्चालनका लागि राजनीतिक सांगठानिक प्रतिवेदन अध्यक्ष केशवराज पाण्डे, आर्थिक प्रतिवेदन उपाध्यक्ष रामहरी सुवेदी, प्रतिनिधि व्यवस्थापन सचिव विजय सुवेदी, प्रचार तथा प्रकाशन कमिटी उपसचिव रत्न गुरुङ, हल, मञ्च र खाद्य व्यवस्थापन उपसचिव महेश कुमार बतौला, अतिथि सत्कार सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य उपसमिति प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयमसेवक परिचालन प्रदेश सदस्य उपेन्द्र पौडेलको संयोजकत्वमा रहने समेत निर्णय गरेको छ ।
अधिवेशनको लागि माघ २ गतेभित्र बागमती प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरिसक्नु पर्ने उपसचिव रत्न गुरुङले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।