स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ पुस, काठमाडौं ।
नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ । यसअघि पुस २७ गतेका लागि जिल्ला अधिवेशन तोकिएको थियो ।
नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजाफका अनुसार माघ १५ गतेका लागि जिल्ला अधिवेशन तोकिएको छ ।
‘माघ १२ गते मुलुकका सात वटै प्रदेशमा सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा सदस्यको १९ पदको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको पौष १२ गतेको निर्णय अनुसार जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्लाको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन २०७८ पौष २७ गते गर्ने भनिएकोमा उक्त जिल्लाहरुको जिल्ला कार्यसमितिको निर्वाचन २०७८ माघ १५ गते शनिवारका दिन हुने भएको व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८